Features
Details:
वर्तमान नेपाली युवाहरुको परिस्थिति, परिवेश र मनोदशालाई भित्रैदेखि बुझेर रचना गरिएको यो उपन्यास “जिउने प्रयास” नेपाली साहित्य जगत्मा स्वादिलो व्यञ्जनको रुपमा प्रस्तुत छ । यस उपन्यासमा खासगरी पुरुष मनोविज्ञान, जीवन जगत्को गम्भीरतम सुझबुझ र फरक–फरक जीवन बिचको अन्तर्संघर्षको चित्रहरुलाई सफलतापूर्वक कोरिएको छ ।
मन्तव्य
प्रमिला भण्डारी (सेर्वु) को प्रकाशोन्मुख उपन्यास ‘जिउने प्रयास’ को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यसअघि लामो समयदेखि नेपालीमा सूक्ति सङ्कलन तथा सम्पादन कार्यमा उहाँ निरन्तर लागिरहनुभएको र त्यस व्रmममा उहाँले पाठकसामु वाङ्मय ग्रन्थहरूको सारसंग्रह तयार गर्ने कौशल प्रदर्शन गरिसक्नुभएको छ । सो अवस्थादेखि नै अध्ययनप्रतिको रुचि र जीवनजगत्बारेको गम्भीरतम सुझबुझ र दृष्टिकोण उहाँमा रहेको मैले महसुस गरेको हुँ । ‘जिउने प्रयास’ उपन्यासबाट उक्त तथ्य अझ स्पष्ट भएको छ ।
यस उपन्यासमा सवारी चालकको दुरवस्था, द्वन्द्वको पीडा, ग्रामीण जीवन र सहरिया जीवनका बिचको अन्तर्संघर्ष, प्रतिभा पलायन र युवा बेरोजगारीको दयनीय स्थिति, युवाहरूले बिदेसिनु पर्ने बाध्यात्मक अवस्था आदिको मार्मिक चित्र प्रस्तुत गरिएको छ । यस उपन्यासमा ट्याक्सी चालकको नायकत्वमा उपन्यासकार प्रमिलाजीले सीमान्तीकृत बन्दै गएको सहरिया जीवनको मार्मिक झाँकी प्रस्तुत गर्नुभएको छ । उपन्यासमा ट्याक्सी चालक पात्र रामुको भोगाइमा आजका युवा वर्गका विवशता र अकिञ्चन अवस्थालाई प्रभावोत्पादक शैलीमा प्रस्तुत गरिएको छ । विभिन्न घटना सन्दर्भहरूलाई हेर्ने र बुझ्ने सन्दर्भमा मुख्य नायक ‘रामु’ का माध्यमबाट उपन्यासकारको संसारप्रतिको दृष्टिकोण यस उपन्यासमा राम्ररी उत्रिएको छ । द्वन्द्वले पु¥याएको पीडादायी प्रभाव, विवशताको भुमरीमा जेलिन पुगेको जीवन र उत्तरदायित्वविहीन राज्य संयन्त्रका कारण मुलुकबाट धकेलिँदै गरेको आजको युवा पीँढिको आर्तनादलाई उपन्यासको नायक ‘रामु’ को आत्मवृत्तान्त मार्फत जीवनचित्र उपस्थित भएको छ । उपन्यासकारको कथा वाचकका रुपमा आफ्नै जीवन भोगाइलाई नायक ‘रामु’ ले पाठकलाई औपन्यासिक संसारको विचरण गराउँछ र मित्रवत् हामीलाई ‘जिउने प्रयास’ को रोमाञ्चकारी यात्रा गराउँछ ।
प्रथमपुरुष शैलीमा नारी उपन्यासकारले पुरुष पात्र नायक ‘रामु’ को मनोदशा, उद्विग्नता, द्वन्द्व, जीवनदृष्टि, मनोविज्ञान र तरङ्गहरूको बेजोड चित्र यस उपन्यासमा प्रस्तुत गरेको पाइन्छ । सिनेमाका एकपछिका अन्य दृश्यहरू दर्शकका सामु आए झैँ ‘रामु’ का फरक फरक स्थितिमा आएका सूक्ष्म तरङ्गहरू र विचारका झिल्काहरूलाई ‘म’ बनेर उहाँले पाठकसामु प्रस्तुत गर्नुभएको छ । कहीँ छङ्छङ् गर्दै झरेको पहाडी झर्ना झैँ, कहीँ गड्गडाउँदै बग्दै गरेको खहरे झैँ र कहीँ नागबेली परेर फन्का मार्दै तल झर्दै गरेको हिमनदी झैँ उपन्यासभरि भावना र विचारका तरेलीहरू बगेका छन् यस उपन्यासमा । उपेक्षित रुपमा रहेको, समाजबाट आलोच्य मात्र भएको श्रमजीवी चालक समुदायको नायकत्वमा नेपाली साहित्यमा यस रुपको प्रवेश यो पहिलो सन्दर्भ हो पाठकहरूका लागि । औपन्यासिक संरचना र सौष्ठवमा पहिलो उपन्यासमै देखा परेका यस्ता उज्याला सम्भावनालाई पाठकहरूले अवश्यै स्वागत गर्ने छन् भन्नेमा म आशावादी छु ।
पाठकलाई द्रवीभूत तुल्याउन सक्ने, भावना र विचारलाई सन्तुलित र समन्वित रुपमा प्रस्तुत गर्न सक्ने उपन्यासकारको रचनाधर्मको निरन्तरता सदैव अपेक्षित छ । म उहाँको लेखनको उत्तरोत्तर विकासको कामना गर्दछु ।
प्रा. डा. देवीप्रसाद गौतम
प्रमुख, नेपाली केन्द्रीय विभाग त्रि.वि.वि., कीर्तिपुर
मन्तव्य
वर्तमान नेपाली युवाहरुको परिस्थिति, परिवेश र मनोदशालाई भित्रैदेखि बुझेर रचना गरिएको यो उपन्यास “जिउने प्रयास” नेपाली साहित्य जगत्मा स्वादिलो व्यञ्जनको रुपमा प्रस्तुत छ । यस उपन्यासमा खासगरी पुरुष मनोविज्ञान, जीवन जगत्को गम्भीरतम सुझबुझ र फरक–फरक जीवन बिचको अन्तर्संघर्षको चित्रहरुलाई सफलतापूर्वक कोरिएको छ भन्ने लाग्छ ।
यसैले विविध रुचि भएका नेपाली पाठक बिचमा पनि यो एउटा रुचिकर सामग्री हुन सक्दछ । निश्चय नै नेपाली उपन्यास फाँटमा “जिउने प्रयास” सदावहार भएर जिउने छ भन्ने लाग्छ ।
सफल लेखिका प्रमिला भण्डारी नेपाली साहित्यमा यसरी अर्को ईटा थप्न सफल हुनुभएको छ । प्रमिलाजीको अथक प्रयास र सृजनशीलता प्रशंसनीय छ र नेपाली वाङ्मयमा उहाँको योगदान अमूल्य छ ।
म उहाँको निरन्तर सफलताको अपेक्षा एवं कामना गर्दछु ।
डा. चन्द्रकान्त पौडेल