Phoolharuko Yuddha

Phoolharuko Yuddha

Rs 799
Availability: Unavailable

OverView

Features

विधा: कविता
लेखक: प्रदिप चापागाईँ
प्रकाशक: शब्दहार क्रीयसन

कवी चापागाईँको समग्र कविताको आत्मामा देशको प्रेम छ।कवितामा पनि आफ्नै देशको खोलानाला,गोरेटो,संस्कृतिको सजावट छ ।स्‍मृतिमा पनि कतै न कतै देश छ । सपना र उड्न चाहेको क्षितिज पनि देशतिरकै छ । जीवनका अनेक आयाम उपर आफ्नो भूगोल,ईतिहास,प्रकृति,घरआँगनका विम्बले सजिएका कविता लेख्ने यि कवी पुष्ट र सरल शब्द संयोजनलाई महत्व दिन्छन् । जीवनमा सुखमा,दु:खमा,सपनामा,यात्रामा सर्वदा देशको प्रेम बोकी हिँड्ने यि युवा कवी स्वयंमा एक सानो घुमी हिँड्ने देश लाग्छन् ।
– मनु मञ्जिल

भ्रमहरुमै अल्झियौ तिमी
घामले शीतलाई झुक्याएजस्तो
जूनले रातलाई झुक्याएजस्तो
त्यसैले होला
हरेक बिहान
तिमीले ऐना हेरेपछी
बदलामा संसार देख्दिरै’छौ
मैले कहिल्यै देखिनँ
र देख्दिन पनि होला
सिवाय आफ्नो प्रतिविम्ब ।

(पुस्तकको कविता ‘ऐना-२’ बाट) 

Ratings and Reviews of Phoolharuko Yuddha


0/5

0 Ratings